
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउँदा आफूलाई पुरस्कार दिए जस्तै भएको बताएका छन् ।
बिहिबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साेही कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रुपमा बोलाइएकाे थियाे । तर उहाँ कार्य व्यस्तताका कारण कार्यक्रममा सहभागी हुन सक्नुभएन ।
प्रधानमन्त्री दाहाल सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रुपमा आसनग्रहण गराएको थियो । सोही विषयलाई लिएर उनले प्रधानमन्त्री बस्ने कुर्सीमा बस्न पाउनु आफूलाई प्रधानमन्त्री बने जस्तै भएको समेत बताएका छन् ।
उनले भनेका छन्,-‘प्रमुख अतिथि प्रधानमन्त्री आउने भन्ने थियो । तर आज म प्रमुख अतिथिको कुर्सीमा नै बस्न पाएँ । पुरस्कार पाए जस्तै भयो । प्रधानमन्त्री बनेको जस्तै भयो । रवि लामिछानेको निर्णय पनि प्रधानन्ययाधीश नै चाहिन्छ । त्यहाँ कायम मुकायम प्रधानन्ययाधीशले हुँदैन भनेर इलिगल भयो भनिरहेका छन् । तर म पनि आज कायममुकायम मात्रै भएँ । कायममुकायम भए पनि म प्रधानमन्त्री बस्ने कुर्सीमा बसेँ ।’
सोही अवसरमा वरिष्ठ कलाकार श्रेष्ठले तिम्रै भएर जिउने बोलको गीत गाएर सुनाएका थिए।
प्रतिक्रिया दिनुहोस्