८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सरकारबाट बाहिरिएको रास्वपा पनि उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी


1.391k
Shares

काठमाडौं । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा रास्वपाका अध्यक्ष रवि लामिछाने पनि सहभागी हुनुभएकाे हाे । सरकारबाटै बाहिरिएकोले सरकार सञ्चालनमा सहयोग गर्ने हेतुले गठित संयन्त्रको बैठकमा रास्वपाको उपस्थितलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद, रास्वपाको सरकारबाट भएको बहिर्गमन र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल भइरहेको छ । यहि माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उहाँको सांसद पद बदर गरिदिएकाे थियाे ।

जसले गर्दा लामिछानेले प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाउनुभएकाे थियाे ।