
सिन्धुली । माघ महिनाको अन्तिममा सिन्धुलीको कालीमाई र कमलामाई मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको भीड लागेकाे छ ।
सिनधुलीमाडीमा रहेकाे कालीमाई र गौमती र कमला नदीको दोभानमा अवस्थित कमलामाई मन्दिरमा माघ महिनाभर भाकल बुझाउने र पूजा आजा गर्ने भक्तजनहरुको भीड लागेकाे हाे । काली र कमलामाई मन्दिरमा दर्शन गरी पूजा अर्चना गर्न आउने श्रद्धालु भक्तजनहरुले कमलामाई नगरपालिकाको गौमती र कमला नदीमा स्नान गरी सोही नदीको जल चढाउने गर्दै आएका छन् ।
सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा, उदयपुर, रामेछाप र दोलखा जिल्लाका सर्व साधरणहरुले वर्ष दिनमा कमलामाईलाई भाकेर गरेको भाकल बुझाउन माघे संक्रान्तिदेखि माघ महिनाभर बली समेत लिएर कमलामाईस्थानमा आउने प्रचलन विगतदेखि नै चलिआएको छ ।
कालीमाई र कमलामाई दिदी-बहिनी मानिने भएकाले काली र कमलाका श्रद्धालु भक्तजनहरुले दुवै देवीहरुको पूजा अर्चचा गर्दै आएका छन् । काली र कमलामार्ईको मन्दिरमा पूजा आधाधना गरी वर माग्नका लागि श्रद्धालु भक्तजनहरु पाठी, परेवा, हाँस, कुखुरा, बाेका र राँगाहरुको बली लिएर समेत आउने प्रचलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्