७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


प्रिमियर लिगमा आर्सनल रोकियो


117
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले आर्सनललाई १–१ को बराबरीमा रोकेको हो ।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीका लियान्द्रो ट्रोसार्डले ६६ औं मिनेटमा पहिलो गोल गरे । तर, ब्रेन्टफोर्डका इभाँ टोनेले ७४ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा टुंगिएको हो ।

बराबरीसँगै आर्सनल ५१ अंकसहित शीर्ष स्थानमै यथावत रहेको छ । ब्रेन्टफोर्ड ३४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीले टोटनह्याम हट्सपरलाई ४–१ ले हराउँदा फुल्हमले नटिङ्घम फरेष्टलाई २–० ले तथा वुल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्पटनलाई २–१ ले हराएका छन् ।