
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएकाे बताउनुभएकाे छ।
उहाँले साेमबार बिहान जनयुद्ध दिवसको २८औं वार्षिकोत्सवको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले यसलाई साझा दिवसको रूपमा मनाउन अपिल समेत गर्नुभएकाे छ । उहाँले जनयुद्धको जगमा जुन अधिकार स्थापित भएकाे बताउनुभएकाे छ ।
ति अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएकाे उहाँकाे तर्क छ । नेकपा माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तन प्रेमी नेपालीहरूको साझा दिवस भएकाे उहाँले बताउनुभयाे ।
यहि यथार्थलाई दृष्टिगत गरी नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको जारी शुभकामना सन्देशमा भनिएकाे छ। ‘जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु’ शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्