१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अजय देवगणको फिल्म ‘मैदान’ को प्रदर्शन मिति परिर्वतन


312
Shares

एजेन्सी । भारतीय अभिनेता अजय देवगणको फिल्म ‘मैदान’ को प्रदर्शन मिति परिर्वतन भएको छ ।

दृश्यम २’ को सफलतापछि अजय अहिले आफ्ना दुई वटा फिल्मको प्रदर्शनको तयारीमा जुटेका छन् । अजय र अभिनेत्री तब्बु अभिनित ‘भोला’ मार्च ३० मा रिलिज हुँदैछ भने अर्को फिल्म ‘मैदान’को भने मिति परिर्वतन भएको छ ।

अमित शर्माद्वारा निर्देशित स्पोर्टस् ड्रामा ‘मैदान’ यसअघि १२ मेमा प्रदर्शन गर्ने तय गरिएको भएतापनि अब आगामी जुन २३ बाट मात्रै प्रदर्शनमा आउने भएको छ । यसअघि घोषणा गरिएको मिति सही नभएको भन्दै फिल्मपछि सारेकाे भारतीय सञ्चार माध्यमहरूले जनाइएको छन् । ‘मैदान’ भारतीय फुटबलको सुनौला वर्षमा आधारित फिल्म हो ।

फिल्ममा अजय फुटबल कोच सइद अब्दुल रहिमको भूमिकामा रहेका छन् । रहिमलाई भारतीय फुटबलका संस्थापक पिता मानिन्छ । रहमि सन् १९५० देखि १९६३ भारतीय राष्ट्रिय फुटबल टिमको म्यानेजर समेत थिए ।