२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक सुरु


65
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रिय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा ४ बजेबाट शुरु भएको हो ।

बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा छलफल गर्नुका साथै समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल हुने पनि बताइएको छ ।

रास्वपा रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो । यद्यपी सरकारलाई समर्थन भने जारी राखेको छ ।

आजको बैठकमा सत्तारुढ दलहरुले सरकारमा सहभागी हुन आह्वान गरेकाले सो विषयमा पनि छलफल गर्ने बताइएको छ ।