१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनेरास्ववीयुको २३ औं महाधिवेशन आजदेखि सुरू


117
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुको २३औं महाधिवेशन मंगलबारदेखि सुरू हुने भएकाे छ ।

काठमाडौंकाे कमलादीस्थितप्रज्ञा भवनमा सुरु हुने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ अनेरास्ववियुले २३ औं महाधिवेशन गर्न लागेको हो ।

७ वर्षपछि हुन लागेको यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाे छ । अनेरास्ववीयुको अध्यक्ष पदका लागि आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिवमा समिक बडालले दावी गरिरहेका छन् ।

साेही महाधिवेशन बुधबारसम्म चल्ने भएकाे छ ।