१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाकाे मृत्यु


520
Shares

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मरिण गाउँपालिका-७ महेश्वता क्याम्पस चोक नजिकै रोकिराखेको ट्याक्टरसँग ठोक्किएर धमिलेबाट सिन्धुलीतर्फ आउँदै गरेको मोटरसाइकलमा दुई जनाको मृत्यु भएको हो ।

मृतकहरु मरिण गाउँपालिका वडा नम्बर ४ का ३३ वर्षका जितेन्द्र माझी र सोही ठाउँका २३ वर्षका मेषबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा उपचारका क्रममा मृत्यु भएको हो ।