
एजेन्सी । हलिउडकी प्रसिद्ध पप गायिका रिहानाले लाइभ शोमा बेबी बम्प देखाउँदै प्रस्तुती दिएकी छन् ।
संगीत उद्योगसँगै रिहानाको प्रभाव फेसन उद्योगमा पनि देखिएको छ । तर, पछिल्लो एक वर्षमा फेसन र संगीतका अलावा रिहाना आफ्नो गर्भावस्थाका कारण पनि चर्चामा छिन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ‘सुपर बाउल हाफटाइम’ भनिने एक समारोहमा सांगीतिक प्रस्तुती दिने क्रममा रिहानाले स्टेजमा रातो रंगको पोसाकमा प्रस्तुति दिएकी थिइन् ।
स्टाइलिस ज्याकेटमा देखिएकी रिहानाले बेबीबम्प पनि देखाएकी थिइन् । रिहानाले स्याहारपूर्वक बेबीबम्प देखाउँदै प्रस्तुति दिएकी थिइन् । प्रस्तुतिपछि उनका प्रतिनिधिले रिहाना दोस्रो पटक गर्भवती भएको पुष्टि गरेका छन् ।
रिहानाले सन् २०२२ मा आफ्नो प्रेमी एसपीए रकीसँग पहिलो छोरालाई जन्म दिएकी थिइन् । रिहाना गर्भावस्थामा छँदा बेबी बम्प देखिने पोषाकमा रहेकाले उनले लगाएको लुगाले धेरै चर्चा पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्