८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


थप ४ जनामा कोरोना संक्रमण


65
Shares

काठमाडौं । थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १५ सय ४४ जनाको नमूना परीक्षण गरिएको थियो ।

२०९ जनाको पीसीआर र १३३५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर २ जना संक्रमणमुक्त भएका छन् भने ६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।