१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वोच्च कहिलेसम्म कामु प्रधानन्यायाधीशको भरमा चल्छ : अर्जुननरसिंह केसी


208
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा कहिलेसम्म चल्ने भन्दै प्रश्न उठाउनु भएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकको सुरुमा समय लिएर बोल्दै उहाँले सर्वोच्चमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीशको विषयमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालत वर्ष देखि कामुको नेतृत्वमा छ । यसप्रति सरकारको ध्यानाकर्षण होस् । सरकारले न्यायलयलाई पूर्णता दिने काम तत्काल गरोस् ।’

केसीले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव संसद्ले किन टुंगोमा नपुर्‍याएको भन्दै प्रश्न गर्नुभयो । उहाँले निवर्तमान प्रधान्यायाधीश चोलेन्द्रशमशेरको महाभियोग प्रस्ताव चाँडै टुंग्याउनु पर्नेमा जोड समेत दिनुभयो ।