
काठमाडौं । अभिनेता द्वय आयुष्मान र आशीरमान देशराज जोशीकी आमा तथा अभिनेत्री प्रियंका कार्कीकी सासू रवीना देशराज श्रेष्ठले ‘भ्यालेन्टाइन्स डे’को दिनमा इन्गेजमेन्ट गरेकी छन् ।
रवीनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेको भन्दै इन्टाग्राममा तस्वीर सार्वजनिक गरेपछि उनलाई धेरैले बधाई तथा शुभकामना दिएका छन् ।
उक्त तस्वीरमा रवीनाका छोरा–बुहारी लगायत नेपाली कलाकार र रविनाका प्रेमी स्टुअर्ट अलेक्जेन्डर च्यापम्यानका छोरा छोरीले समेत बधाई दिँदै खुसी व्यक्त गरेका छन् ।
सेलेब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले केही साता अगाडी प्रेमी सार्वजनिक गरेकी थिइन् । उनले प्रेमीसँग भेटपछि कसरी माया बस्यो त्यो व्यक्त गर्न नसक्ने भन्दै सबैलाई शुभकामना र आर्शीवाद दिन अनुरोध गरेकी थिइन् । ३२ वर्षको बैंकिङ करिअरबाट राजीनामा दिएपछि उनले प्रेमी सार्वजनिक गर्दै अहिले इन्गेजमेन्ट समेत गरेकी छिन् ।
रवीना बैंकिङ क्षेत्रमा उच्च व्यवस्थापनमा पुग्ने सीमित नेपाली महिलामा पर्छिन् । रविनाले स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्