१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नामिबियाले स्कटल्याण्डलाई दियो १५४ रनको लक्ष्य


325
Shares

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा नामिबियाले स्कटल्याण्डलाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९ ओभरमा २ बलमा अलआउट भएर १५३ रन बनाएको हो ।

नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४, बेर्नाड स्कोल्टेजले ३०, जान ग्रिनले २५, प्रिन्कि फ्रान्सले ११ तथा माईकल भान लिङ्गेनले ४ रन बनाए ।

स्कटल्याण्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए ।