२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अभिनेता जावेद खान अमरोहीको निधन


1.248k
Shares

एजेन्सी । भारतीय चर्चित अभिनेता जावेद खान अमरोहीको निधन भएको छ ।

६१ वर्षको उमेरमा जावेदको मुम्बईको सान्ताक्रूजस्थित सूर्या नर्सिङ होममा निधन भएको हो । जावेद लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित थिए भने विगत एक वर्षदेखि हलचल गर्न नसक्ने अवस्थामा थिए । उनको फोक्सो फेल भएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार ओशिवारा कब्रिस्तानमा मंगलबार साँझ जावेदको अन्तेष्टी गरिएको छ । मुम्बईमा जन्मेका जावेदले आफ्नो करियरमा धेरै उत्कृष्ट सपोर्टिङ र क्यामियो रोल गरेका थिए। जावेद खान टिभी र फिल्म जगतका चर्चित अनुहार थिए।

जावेदले एकेडेमी अवार्ड मनोनित फिल्म ‘लगान’मा पनि सहायक भूमिका खेलेका थिए। यस बाहेक ‘चक दे ​​इन्डिया’, अंदाज अपना अपना’ लगायतका धेरै फिल्मका लागि उनको निकै प्रशंसा भएको थियो ।

जावेदले करिब १५० हिन्दी फिल्ममा काम गरेका थिए । उनले फिल्म ‘फिर हेरा फेरी’ मा प्रहरी जवानको भूमिका निभाएका थिए जसलाई दर्शकले निकै रुचाएका थिए ।