
काठमाडाैं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष सुरु गर्ने चेतावनी दिनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिनुभएको हो । उहाँले आवाज विहीनको आवाज कसले सुनिदिने भन्दै प्रश्न गर्नुभएकाे थियो ।
उहाँले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गर्नुभयो । उहाँले कुनैपनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक संघर्ष शुरु गर्ने चेतावनी दिनुभयो ।
संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबिहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको सांसद यादवले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्