
काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री ऋचा शर्मालाई शीर्ष भूमिकामा लिएर चलचित्र ‘फाटेको जुत्ता खै ?’ बन्ने भएको छ ।
दुबईमा चलचित्र विकास बोर्डले आयोजना गरेको फिल्म फेस्टिभल अन्तर्गतको पत्रकार सम्मेलनमा निर्माता अर्जुन कुमारले चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
फिल्म निर्माणमा अर्जुन कुमार र गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र अर्का व्यवसायी धर्मराज अधिकारीले सहकार्य गर्ने भएका छन् । अर्जुन कुमार फिल्म्सको ब्यानरमा यसअघि ‘फाटेको जुत्ता’ निर्माण भएको थियो ।
यसअघि ‘फाटेको जुत्ता’ मा पनि सौगात नै प्रमुख भुमिकामा थिए । वैशाखदेखि छायांकनमा जाने यस चलचित्रमा आकाश बरालको कथा, प्रवेश मलिकको संगीत रहने छ ।
चलचित्रलाई निकेश खड्काले निर्देशन गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्