१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


91
Shares

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–६ बडिखोलीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

खंलगाबाट लाछी बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार पातारासी गाउँपालिका–२ तल्फिका अन्दाजी ५० वर्षीय अमिर बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ४ जना भने सामान्य उपचार पश्चात घर फर्किसकेका छन् ।

ट्याक्टर सडकदेखि अन्दाजी ५० मिटर तल खसेको थियो ।

ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।