
काठमाडौं । तीन प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।
सपथ लिनेहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहनु भएका छन् ।
सो अवसरमा प्रधानमन्त्रीले उहाँहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्