२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न पुगे देउवा र सभामुख घिमिरे अस्पतालमा


689
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुग्नु भएको छ ।

बिहीबार बिहान अस्पताल पुग्नु भएका देउवाले ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

यसैबीच, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नु भएको छ ।

सभामुख घिमिरेले कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीसँग भण्डारीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिनु भएको छ ।

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न विभिन्न पार्टीका नेता कार्यकर्ता कीर्तिपुर अस्पताल पुग्नु भएको छ ।

उहाँहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।