१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


ग्यास बिस्फोटबाट घाइते सांसद भण्डारीकी आमाको निधन


312
Shares

काठमाडौं । ग्यास लिलिण्डर बिस्फोटबाट गम्भीर घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ ।

बुधवार राति काठमाडौंको बुद्धनगर स्थित निवासमा ग्यास बिस्फोट हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला गम्भीर घाईते हुनुभएको थियो । दुबैजनालाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा ८६ वर्षीया हरिकला भण्डारीको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

सांसद भण्डारीको भने उपचार जारी छ। उहाँलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । ग्यास बिस्फोटका कारण सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उहाँकी आमा हरिकलाको ७० प्रतिशत शरीरको भाग जलेको अस्पतालले जजाएको छ ।