१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माघमा वाणिज्य बैंकहरुको निक्षेपमा २५ अर्ब रुपैयाँ थपियो


117
Shares

काठमाडौं । माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेपमा २५ अर्ब रुपैयाँ थपिएको छ ।

पुस मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप जम्मा भएकोमा माघमा त्यो बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

संघका अनुसार पुस मसान्तको तुलनामा बैंकहरुले माघ मसान्तसम्म १२ अर्ब रुपैयाँले मात्र कर्जा बढाएका छन् । पुस मसान्तमा बैंकहरुले ४२ खर्ब ७८ अर्ब रुपैयाँ लगानी गरेका थिए । माघमा भने ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।