१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बार्सिलोना र म्यानचेस्टर युनाइटेडले खेले बराबरी


247
Shares

एजेन्सी । युरोपा लिग अन्तर्गत नकआउट चरणको प्ले अफको पहिलो लेगमा म्यानचेस्टर युनाईटेड र बार्सिलोनाले बराबरी खेलेका छन् ।

बिहीबार राति भएको खेलमा युनाईटेड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका हुन् ।

घरेलु टोली बार्सिलोनाका लागि मार्कस अलन्सो र राफिन्हाले एक एक गोल गरे । भ्रमणकारी टोली युनाइटेडका मार्कस रास्फोर्डले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको ५० औं मिनेटमा अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५२ औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाईटेडलाई १–१ को बराबरीमा ल्याए । त्यस्तै, ५९औं मिनेटमा बार्सिलोनाका जुल्ड कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा २–१ को अग्रता लियो । तर, ७६ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

युरोपा लिगकै अन्य खेलहरूमा नेदरल्याण्ड्सको आयाक्सले जर्मनीको युनियन बर्लिनसँग गोलरहित बराबरी खेल्दा फ्रान्सको मोनाकोले जर्मनीको बायर लिभरकुजेनलाई ३–२ ले पराजित गरेको छ । यसैगरी, इटालीको युभेन्टसले फ्रान्सको नान्तेससँग १–१ गोलको बराबरी खेल्दा स्पेनको सेभियाले नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभनलाई ३–० ले हराएको छ ।