१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय अभिनेत्री स्वरा भास्करले गरिन् विवाह


182
Shares

एजेन्सी । भारतीय अभिनेत्री स्वरा भास्करले विवाह गरेकी छिन् ।

उनले समाजवादी पार्टीका युवा नेता फहाद अहमदसँग कोर्ट म्यारिज गरेकी हुन् ।

उनले ट्विटरमा भिडियो राख्दै यसबारे जानकारी दिएकी हुन् । सोही क्रममा उनले २ मिनेट ५ सेकेण्डको भिडियो पोस्ट गर्दै आफ्नो प्रेमकथा पनि सुनाएकी थिइन् ।

फहाद र स्वराको पहिलो भेट सन् २०१९ मा भएको थियो । त्यसपछि दुवैबीच मित्रता भयो र कुराकानीको प्रक्रिया सुरु भयो ।

मार्च २०२० मा फहादले स्वरालाई बहिनीको विवाहमा निम्तो दिएका थिए । स्वराले भनेकी थिइन् ‘म सुटिङमा व्यस्त छु, त्यसैले आउन सक्दिन तर तिम्रो बिहेमा अवश्य आउनेछु ।’

तर, सन् २०२० देखि २०२२ सम्म यी दुई वर्षमा यी दुईबीचको निकटता बढ्यो । स्वराले केही साताअगाडी एउटा तस्बिर सेयर गरेकी थिइन्, जसमा उनी एक युवकको काखमा टाउको राखेर बसेकी थिइन् । यो तस्बिरसँगै उनले युवकलाई मिस्ट्री ब्वाइको नाम दिएर परिचय गराएकी थिइन् । सोही समयबाट उनीहरु प्रेम सम्बन्धमा रहेको खुलासा भएको थियो ।

स्वरा फिल्ममा आउनुअघि नाटकमा काम गर्थिन् । सन् २००९ मा उनले ‘माधोलाल कीप वकिङ’ बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन् । पछिल्लो समय उनी करिना कपुर र सोनम कपुरसँगै ‘वीरे दी वेडिङ’ मा देखिएकी थिइन् ।

विशेषगरी सहायक भूमिकामा जमेकी उनी राम्रो अभिनय गर्ने अभिनेत्री मानिन्छिन् ।