१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेता शीजान खानकाे मुद्दाको सुनुवाइ आज


234
Shares

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणका आरोपी टिभी अभिनेता शीजान खानको जमानतको सुनुवाइ शुक्रबार मुम्बई उच्च अदालतमा हुने भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार वकिल र प्रहरी बसेर तुनिषाकाे परिवारकाे तर्फबाट बिहीबार वसई अदालतमा ५०० पृष्ठको आरोपपत्र दायर गरिएको थियो ।

यसअघि शीजानले वसई अदालतमा धरौटीका लागि निवेदन दिएका थिए, जसलाई अदालतले खारेज गरेको थियो । त्यसपछि शीजानको मुद्दा उच्च अदालत पुगेको हो ।

यसअघि जनवरी १३ मा भएको सुनुवाईमा वसई अदालतले शीजानको जमानतको निवेदन खारेज गरेको थियो । सुनुवाइका क्रममा शीजानका वकिलले उनलाई जमानत दिन सक्दो प्रयास गरेका थिए । यस क्रममा उनले अभियुक्तको पक्षमा विभिन्न दाबी समेत गरेका थिए । तर, सबै निवेदनका बावजुद शीजानको जमानतको निवेदन अदालतले खारेज गरेको थियो ।

जनवरी २२ मा शीजानकी आमाले एउटा पोस्ट सेयर गर्दै आफ्नी छोरीको बिग्रँदै गएको स्वास्थ्यसँग सम्बन्धित एउटा भावनात्मक पोस्ट सेयर गरेकी थिइन्, जसमा उनले भनिन्, ‘हामी र हाम्रो परिवारलाई केको सजाय दिइन्छ, मलाई थाहा छैन । मेरो छोरो विगत १ महिनादेखि बिना प्रमाण कैदी जस्तै जेल सजाय काटिरहेको छ । मेरी छोरी फलक अस्पतालमा भर्ना छिन् । मेरो कान्छो छोरो मानसिक बिरामी छ । के आमाले अरू कसैको बच्चालाई आमाको रूपमा माया गर्नु अपराध वा गैरकानूनी हो ।’

उनले यसभन्दा अगाडी दिएको अन्तरर्वाताहरुमा तुनिषालाई आफूले छोरीलाई जस्तै माया गरेको बताउँदै आएकी थिइन् ।

केही साताअगाडि तुनिषाले सुटिङ सेटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । त्यसपछि उनकी आमाले शीजानमाथि गम्भीर आरोप लगाएकी छन् । शीजानसँग ब्रेकअप भएपछि रिसाएर तुनिषाले आत्महत्या गरेको उनले बताएकी छन् ।