
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीद्वारा अभिनित चलचित्र ‘ए साथी सुन’काे पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएकाे छ ।
चलचित्र आगामी चैत १० गतेबाट प्रदर्शनमा आउन लागेकाे हाे ।
सार्वजनिक भएका दुई पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु वर्षा सिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ ।
रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रलाई विना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् ।
चलचित्रमा वर्षा र रमेशका अलावा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतकाे अभिनय रहेको छ ।
इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रलाई लभस्टोरी, थ्रिलर र कमेडी कथावस्तुमा आधारित रहेर बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्