१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्कटल्याण्डद्वारा नेपालसामु २७५ रनको लक्ष्य प्रस्तुत


676
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई २७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो ।

स्कटल्याण्डका लागि माईकल लिग्सले १ सय ७ रनको शतकीय ईनिङ खेले । ज्याक जार्किभले २६, ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२, मार्क वाटले २०, टोमस म्याकिन्टोस र कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ तथा क्रिस ग्रेभले १६ रन बनाए ।

सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।