८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपाल आज नामिबियासँग भिड्दै


273
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा शनिबार नेपाल र नामिबिया भिड्दैछन् ।

खेल शनिबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा हुनेछ ।

नेपाल लगातार तेस्रो जितको खोजीमा रहेको छ । यसअघि नेपालले पहिलो खेलमा नामिबियालाई तथा दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । नामिबिया पहिलो खेलमा घरेलु टोलीसँग र दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।