
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
शनिबार बिहान प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार राति देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस्