१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रामचन्द्र पौडेलले उपेन्द्र यादवलाई भेटे


247
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेल शुक्रबार जसपाको केन्द्रीय कार्यालयमा पुगेर यादवसँग भेट गर्नुभएको हो । दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो ।

भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गर्नुभएको थियो । यस्तै, यादवले भने उपराष्ट्रपतिबारे चासो व्यक्त गर्नुभयो ।

राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका एजेण्डामा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।