१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नामिबियाद्वारा नेपाललाई २७५ रनको लक्ष्य


182
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले घरेलु टोली नेपाललाई जितका लागि २७५ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो ।

नामिबियाका जेन ग्रीनले अविजित ७५, पीकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माईकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३ र करण केसीले १ विकेट लिए ।

मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको थियो ।