८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


आर्सनलले एस्टन भिल्लालाई हरायो


104
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई हराएको छ ।

शनिबार भएको खेलमा आर्सनलले एस्टनलाई ४–२ ले हराएको हो ।

आर्सनलको जितमा बुकायो साका, ओलेक्सान्डर जिन्चेन्को र ग्याब्रियल मार्टीनेलीले एक एक गोल गर्दा एस्टनका मार्टिनेजले एक आत्माघाति गोल गरे । भिल्लाका ओल्ली वाट्कीन्स र फिलिपे कौटिन्होले एक एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा वाट्कीन्सले गोल गर्दै घरेलु टोली एस्टनलाई अग्रता दिलाएका थिए । तर, १६ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए । ३१ औं मिनेटमा कौटिन्होले गोल गर्दै एस्टनलाई २–१ को अग्रता दिलाए ।

तर, खेलको ६१ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै आर्सनललाई २–२ को बराबरीमा ल्याए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा एस्टनका गोलकिपर इमिलियानो मार्टिनेजले आत्मघाती गोल गरेपछि आर्सनल ३–२ ले अघि बढ्यो । त्यसपछि इन्जुरी समयको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४–२ को जित दिलाए ।

जितसँगै जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलको २३ खेलबाट ५४ अंक पुगेको छ । पराजित एस्टन २८ अंक जोडेर ११ औं स्थानमा छ ।