
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा मतदान हुने भएको छ । त्यहाँ दुई वटा मतदान केन्द्र रहनेछन् ।
निर्वाचनको लागि उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको छ ।
आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते बुधबार मतदाता नामावली सार्वजनिक गरिँदैछ ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन् । जसअनुसार सातै प्रदेशका प्रदेश सभा सचिवालयले मतदाताका नाम पठाइसकेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ । तर, दलहरूबीच सहमति जुट्न नसक्दा राष्ट्रपति निर्वाचनको उम्मेदवार तय हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्