७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


राष्ट्रपतिबाट आम माफी पाएका सांसद अरुण चौधरी रिहा


494
Shares

काठमाडौं । गत महिना पुरानो मुद्दामा जेल परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीको सजाय पनि माफी दिएपछि उनी आइतबार रिहा भएका हुन् ।

कारागारबाट रिहा हुँदा चौधरीलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले विभिन्न ३ सय ९५ जनाको कैद सजाय माफी गरिदिएकोमा त्यसमा चौधरी पनि परेका थिए ।

सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जना पनि कैद मिनाह भई रिहा भएका छन् ।

नौ वर्ष अघिको ट्याक्टर आगजनी सम्बन्धि मुद्दामा कैलाली जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि गत माघ २० गते प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो ।