
एजेन्सी । चर्चित बलिउड निर्देशक संजय लीला भन्सालीले आफ्नो नयाँ वेब सिरिज ‘हिरामण्डी’को फर्स्ट लुक सार्वजनिक गरेका छन् ।
नेटफ्लिक्समा सार्वजनिक हुने उक्त वेब सिरिजको फर्स्ट लुक भिडियोमा अभिनेत्री मनिषा कोइराला, अदिति राव हैदरी, शर्मीन सेगल, ऋचा चड्डा र सोनाक्षी सिन्हाको झलक देखाइएको छ ।
शनिबार सार्वजनिक उक्त भिडियोमा सबै अभिनेत्रीहरू पहेँलो पोशाकमा शाही लुकमा देखिएका छन् । उनीहरूको फर्स्ट लुक्स एक एक गरी ब्याकग्राउण्ड म्युजिकमा देखाइएको छ । तर, वेब सिरिजको रिलिज मितिबारे भने अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।
भारतीय सञ्चार माध्यमका अनुसार कथाको कुरा गर्दा ‘हिरामाण्डी’ भारत–पाकिस्तान विभाजन अघिको कथामा आधारित छ । यसमा लाहोरको प्रसिद्ध रेड लाइट क्षेत्र, हिरामण्डी र त्यहाँ बस्ने यौनकर्मीलाई देखाएको छ । सिरिजमा प्रेम, धोका, राजनीतिलगायत धेरै कुराहरूलाई समेटिएको छ ।
गत जुन अन्तिमबाट छायांकन सुरू भएको यस सिरिजको सुटिङ लाहोरमा भएको हो ।
प्रतिक्रिया दिनुहोस्