
काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ आएका साधुसन्तको सोमबार बिदाई गरिदैछ ।
पशुपति क्षेत्र विकास कोषले दक्षिणा सहित महाशिवरात्री २०७९ को अवसरमा देश विदेशबाट आएका साधु सन्तलाई विदाइ गर्न लागेको हो । साधु सन्तलाई वरिष्ठताका आधारमा दक्षिणा दिएर बिदाइ गर्न लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अहिले साधुसन्तको विदाइको कार्यक्रम भइरहेको छ ।

कोषले शिवरात्रीमा आएका चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गर्न लागेको हो । उनीहरुलाई वरिष्ठताका आधारमा कोषले पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिएर विदाई गर्न लागेको हो ।
महाशिवरात्रीमा भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्