८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


थप २ जनामा कोरोना संक्रमण पुष्टि


234
Shares

काठमाडौं । देशभर थप २ जनामा कोरोना क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ सय ७ जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय ८ जनाको पीसीआर र ९ सय ९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभर २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।