
web pic
काठमाडौं । पर्सामा मंगलबार बिहान स्कारपियोको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ ।
ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित हुलाकी सडकखण्डमा बागमती प्रदेश–०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट ठोरी गाउँपालिका–४ विजयबस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने स्कारपियोसहित चितवनको माडी नगरपालिका–३ घर भएका चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्