१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे चिनियाँ राजदूत


338
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नु भएको हो ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दिन दुई दिन बाँकी रहँदा राजदूत सोङले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । राजदूत सोङले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि यस अगाडि भेट गर्नु भएको थियो ।

नेपाल आएपछि राजदूत सोङको प्रधानमन्त्री प्रचण्डसँग यो दोस्रो भेटवार्ता हो ।