
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार ८८१ जनाको मतदाता नामावली प्रकाशन गरेको हो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद (प्रतिनिधि र राष्ट्रिय सभा) र प्रदेश सभाका सांसद मतदाता रहने प्रावधान छ । प्रकाशित नामावलीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ ।
सो मतदाता नामावलीमाथि दाबी विरोधको उजुरीका लागि बिहिबार मध्यान्ह १२ बजेसम्मको समय निर्धारण गरिएको छ । प्रतिनिधि र राष्ट्रिय सभाका गरी ३३४ जना सांसद छन् । सार्वजनिक गरिएको नामावलीमा प्रतिनिधि सभामा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी र नेपाली कांग्रेसका टेकबहादुर गुरुङको नाम छैन ।
दुवैजना निलम्बनमा रहेकामा चौधरीको भने बुधवार निलम्बन फुकुवा भएको छ । निलम्बन फुकुवापछि चौधरीले मतदाता नामावलीमा नाम समावेश गर्न आयोगमा निवेदन दिएपछि उहाँले मतदान गर्न पाउने आयोग स्रोतले जनाएको छ । त्यसैगरी चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछानेको नागरिकता बिवादमा सांसद पद गएपछि सांसद पद खाली छ ।
आयोगले प्रकाशित गरेको नामावली यस्तो छ
प्रतिक्रिया दिनुहोस्