१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनअघिको गठबन्धन ब्युताउने सहमति

'लिखित सहमतिपछि सरकारमा पनि भागवण्डा गर्ने तयारी'

4.875k
Shares

काठमाडौं । निर्वाचनअघिको गठबन्धन ब्युताएर राष्ट्रपति निर्वाचनमा जाने विषयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बीच भद्र सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा बिहीबार साँझसम्म ठोस सहमति गरेर राष्ट्रपति निर्वाचनमा उम्मेदवार तय गर्ने निर्णय भएको हो ।

सरकार गठनको लागि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णायक साथ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रपति निर्वाचनमा भने यी तीन दललाई बाहिर राख्ने रणनीति लिनुभएको छ ।

राष्ट्रपतिमा कांग्रेसले अघि सार्ने उम्मेदवारलाई सहयोग गर्ने वचन उहाँले कांग्रेस सभापति देउवालाई दिएपछि दलहरु निर्वाचनअघिको पुरानो गठबन्धन ब्युताउन सहमत भएका हुन् ।

लिखित सहमतिको आधारमा सरकारमा समेत भागबण्डा गर्ने उनीहरुको तयारी छ । कांग्रेस र माओवादीबीच बुधबारको छलफलपछि माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत र रेशम चौधरीको पार्टीलाई पनि एक ठाउँमा ल्याएर नयाँ गठबन्धन बनाउने सहमति जुटेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।