
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोलीगरी आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब, जावालाखेल युथ क्लब र आयोजक केपी ओली फुटबल क्लब सहभागी छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरू हुनेछ ।
अरू सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने फाइनल खेल चाहिँ दशरथ रंगशालामा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्