
एजेन्सी । भारतीय अभिनेता टाइगर श्राफ र अभिनेत्री कृति सेनन अभिनित बहुप्रतिक्षित एक्शन थ्रिलर फिल्म ‘गणपत’ को टिजर सार्वजनिक भएको छ ।
टाइगरले फिल्मको टिजर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
सोही भिडियो सार्वजनिक गर्दै फिल्मका निर्माताले ‘गणपत’ आगामी दशैंको अवसर पारेर प्रदर्शन गर्ने घोषणा गरेका छन् । फिल्म २० अक्टोबर २०२३ मा हलहरुमा प्रदर्शन हुनेछ ।
टिजर हेरेपछि प्रशंसकहरुले फिल्म र टाइगरको शरीरको पनि तारिफ गरिरहेका छन् ।
पूजा इन्टरटेनमेन्ट एण्ड गुड कम्पनी प्रोडक्सनमा बनेको फिल्ममा, टाइगर र कृतिको अलवा अमिताभ बच्चनको पनि मुख्य भूमिका रहेको छ । विकास बहलद्वारा निर्देशित फिल्मको वासु भगनानी, जैकी भगनानी, दीपशिखा देशमुख र विकास बहल निर्माता हुन् ।
प्रतिक्रिया दिनुहोस्