१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान


416
Shares

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बिहीबार भारत प्रस्थान गर्नुभएकाे छ ।

जी-२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल बिहीबार भारत प्रस्थान गर्नुभएकाे हाे । अर्थमन्त्री पौडेल दिउँसो सवा २ बजे नेपाल एयरलायन्सको जहाजमार्फत भारत जानुभएकाे उहाँको निजी सचिवालयले जनाएको छ ।

जी-२० अर्थमन्त्रीहरूको सम्मेलन यहि फागुन १२ र १३ गते भारतको बेङलुरुमा हुँदैछ । साेही सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत र चीन लगायतका विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएकाे छ । अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।

नेपाल जी-२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएकाे समयमा सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।