
काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरमा आन्दोलन सुरु गरेको छ ।
अभियानले भूमिहीनहरुलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने र चुरे दोहन तत्काल रोक्नु पर्ने लगायतका माग गर्दै आन्दोलन सुरु गरेकाे हाे । अभियानले बिहीबारबाट मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो ।
सोही क्रममा मुख्यमन्त्री कार्यालयमा संरक्षण अभियानले धर्ना गरेकाे हाे । आफूहरुले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्नु परेको अभियानका संरक्षक सरोज रायले बताउनुभयो।
मधेश सरकारले आफूहरुले विगतमा राखेको ५ सुत्रीय माग सम्बोधन गरेपछि आन्दोलन सुरु गर्न बाध्य हुनु परेको उहाँकाे भनाइ थियाे ।
प्रतिक्रिया दिनुहोस्