
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार बस्दैछ ।
बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गरी निर्णय हुनेछ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने भएका कारण कांग्रेसले कार्यसम्पादन समितिको बैठकमार्फत उम्मेदवारको टुगो लगाउन लागेको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।
शुक्रबार साँझ आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रसलाई सघाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्