१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

एमालेले तत्काल सरकार नछाड्ने

1.859k
Shares

काठमाडौं । नेकपा (एमाले) ले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई जना उम्मेदवार तय भइसकेका छन् । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

यसैगरी, बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फागुन २५ गतेसम्म यथावत् नै राख्ने निर्णय गरेको छ ।