८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एमाले प्रतिपक्ष भइसक्यो: प्रधानमन्त्री दाहाल


12.493k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता थपेकाले आफूहरूले नयाँ यात्रा सुरु गरेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले हालसम्म प्राप्त उपलब्धिलाई रक्षा गर्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएकाे हाे । देश अझै अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले अर्थतन्त्र पछिल्लो केही महिनामा सकारात्मक सन्देश देखिएपछि संकटमुक्त नभएको तर्क गर्नुभयो।

नेकपा एमालेसँगको सहकार्य यता पटक–पटक संसद विघटन गर्ने कुरा भएको र संविधानमाथि एकपछि अर्को प्रहार हुने स्थिति देखा परेको प्रधानमन्त्री दाहालको तर्क छ । हालै तयार भएको नयाँ परिस्थितिसँगै एमाले प्रतिपक्ष भइसकेकाे उहाँको भनाइ छ ।

राप्रपाका मन्त्रीहरूले राजीनामा दिएको र त्यो स्वीकृत हुने उहाँले जानकारी दिनुभयो । उहाँले आफू प्रधानमन्त्री बनेपछि पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय बनेको संकेत गर्दै उहाँका गतिविधि र भूमिकाप्रति आपत्ति जनाउनुभयो।

अहिले राष्ट्रपतिमा आफूहरूले अघि सारेको उम्मेदवार रामचन्द्र पौडेल लोकतन्त्र र राष्ट्रको हितप्रति कहीं कसैसँग नझुक्ने दावी गर्नुभयो ।