१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने अध्यक्ष नेपालकाे दावी


1.066k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दावी गर्नुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । ८ दलको सहमतिमा प्रस्तावित पौडेल राष्ट्रपति बन्न कसैले रोक्न नसक्ने उहाँले बताउनुभएकाे हाे ।

जुनसुकै ओहोदामा पुगेका व्यक्तिले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताकोहित चिताएर अघि बढनुपर्ने कुरामा कटिवद्ध हुनुपर्ने उहाँकाे भनाइ थियाे । अध्यक्ष नेपालले जनताको चाहनालाई साकार पार्ने गरी अघि बढन प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत आग्रह गर्नुभएकाे छ ।