२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


जी-ट्वान्टी राष्ट्रका अर्थमन्त्रीहरुको बैठक बिना निष्कर्ष सकियो


247
Shares

एजेन्सी । विश्वका ठूला अर्थतन्त्रहरुको समूह जी ट्वान्टी राष्ट्रका अर्थमन्त्रीहरुको बैठक बिना निष्कर्ष सकिएको छ ।

भारतमा आयोजित जी ट्वान्टी सदस्य राष्ट्रका अर्थमन्त्रीहरुको बैठकबाट रुस विरुद्ध निन्दा प्रस्ताव पारित गर्न खोजिएपछि बैठक भाँडिएको हो ।

चीनले रुस विरूद्धको निन्दा प्रस्तावमा आपत्ति जनाएपछि बैठक घोषणपत्र नै जारी नगरी टुंगिएको हो ।

भारतको दक्षिणी शहर बैंगलुरुमा आयोजित बैठकमा भारतले रुस–युक्रेन युद्धबाट विश्व अर्थतन्त्रमा परेको असर न्युन गर्न बृहत् प्रस्ताव तयार पारेकोमा पश्चिमा राष्ट्रहरुले घोषणपत्रमा रुसको निन्दा गर्ने बूँदा समावेश गरेपछि प्रस्ताव पारित हुन नसकेको हो ।

चीनले पश्चिमा देशहरुले जी ट्वान्टी समूहलाई अस्थिर बनाउन खोजेको आरोप लगाएको छ । यस्तै, रुसले जी सेभेन र युरोपेली युनियनले जी ट्वान्टी समुहलाई ब्ल्याकमेल गर्न खोजेको आरोप लगाएको छ ।

चीन र रुसले गत नोभेम्बरमा इण्डोनेसियाको बालीमा आयोजित बैठकको घोषणापत्र भन्दा फरक तरिकाले प्रस्ताव ल्याइएको आरोप लगाएका छन् । १७ बूँदे घोषणा पत्रमा टर्कीको भूकम्प, मध्यमखाले अर्थतन्त्र भएका देशहरुको ऋणमोचन, विश्वब्यापी कर नीति, खाद्य सुरक्षा, क्रिप्टो करेन्सीमाथिको प्रतिबन्धलगायतका विषयहरु समेटिएका छन् ।